डडेल्धुरामा देउवाले आज पनि दुई चुनावी सभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गदृैछन्। चुनावी प्रचारप्रसारका क्रममा देउवा बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए। उनी बिहीबार यहाँ डडेल्धुरा पुगेका छन्।

नेपालभ्युज

डडेल्धुरामा देउवाले आज पनि दुई चुनावी सभालाई सम्बोधन गर्दै

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गदृैछन्। चुनावी प्रचारप्रसारका क्रममा देउवा बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए। उनी बिहीबार यहाँ डडेल्धुरा पुगेका छन्।

देउवाले बिहीबार अमरगढी, शुक्रबार गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरे।
देउवाले आज अजयमेरू गाउँपालिकाको भद्रपुर र दिउँसो २ बजे भागेश्वर गाउँपालिकाको रूपालमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले जानकारी दिए।

उनका अनुसार, देउवाले कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुडामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । देउवा कात्तिक २० गते काठमाडौं फर्कने र सात वटै प्रदेशमा हुने चुनावीसभामा पुग्ने कार्यक्रम छ।

डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका लागि देउवाका साथै कांग्रेस बिपीका कर्णबहादुर मल्लका साथै स्वतन्त्र उम्मेदवारहरू सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावलले उम्मेदवार छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved