कर घटाउने गण्डकी सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्नू : निर्वाचन आयोग

नेपालभ्युज

कर घटाउने गण्डकी सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्नू : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न निर्देशन दिएको छ ।

आयोगको बुधबार बसेको बैठकले करको दर हेरफेर गर्ने निर्णय बदर गरी २४ घण्टाभित्र आयोगलाई जानकारी गराउन निर्देशन दिएको हो ।

आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थमन्त्री रामजी बराल, मुख्यसचिव र अर्थिक मामिला सचिवलाई किन कारबाही नगर्ने भनेर स्पष्टीकरण समेत सोधेको छ ।

प्रदेश सरकारले  असोज ८ गते घरजग्गा र सवारी कर घटाउने निर्णय गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved