ब्याडमिन्टनका धरोहर त्रिरत्न मानन्धरको निधन

नेपालभ्युज

ब्याडमिन्टनका धरोहर त्रिरत्न मानन्धरको निधन

काठमाडौँ । नेपाली ब्याडमिन्टनका धरोहर मानिने त्रिरत्न मानन्धरको ९४ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि  महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा सोमबार भर्ना भएका मानन्धरको बुधबार बिहान साढे ४ बजे निधन भएको  काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए)का सचिव दीपक थापाले जानकारी दिए ।

वि.सं.२००४ सालदेखि खेल्न थालेका उनी सन् १९७८ मा बैंककमा भएको आठौं एसियाली खेलकुदमा अफिसियलको रुपमा सहभागी भएका थिए ।

नेपाली ब्याडमिन्टनको विकासमा महत्वपूर्ण योगदान दिएका उनको अन्त्येष्टि बुधबारै शोभा भगवती, डल्लुमा गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved