डेंगु सङ्क्रमणबाट पत्रकार अधिकारीको मृत्यु

नेपालभ्युज

डेंगु सङ्क्रमणबाट पत्रकार अधिकारीको मृत्यु

कास्की। डेंगु सङ्क्रमणबाट लमजुङमा एक पत्रकारको  मृत्यु भएको छ । बुधबार उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै पत्रकार चाँदनी अधिकारीको मृत्यु भएको हो ।

२२ वर्षीय अधिकारी प्रेस सेन्टर लमजुङकी सचिव थिइन् ।

उनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेलले बताए। उनका अनुसार अधिकारी रेडियो भोटे ओडारमा समाचार वाचिकाका रूपमा कार्यरत थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved