हेलिकोप्टर दुर्घटनामा २ जनाको मृत्यु

नेपालभ्युज

हेलिकोप्टर दुर्घटनामा २ जनाको मृत्यु

ओस्लो । पश्चिमी नर्वेमा मङ्गलबार हेलिकोप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटना ट्रोन्डहेमको उत्तरपूर्वी भेर्डल नगरपालिकामा मध्य बिहान भएको थियो।

दुर्घटनाको कारण बारे अनुसन्धान जारी छ। नर्वेका सञ्चार माध्यमहरूमाट प्रकाशित तस्बिरहरूले उक्त दुर्घटनाग्रस्त हेलिकोप्टर खेतमा खसेको देखिन्छ ।

अन्य दुई हेलिकोप्टर, एक उद्धार सेवा र एम्बुलेन्स हेलिकोप्टर घटनास्थलमा पठाइएको जानकारी दिइएको छ। दुर्घटनाग्रस्त हेलिकोप्टर भाडामा लिइएको थियो । तर अन्य थप कुनै विवरण भने सार्वजनिक गरिएको छैन।  एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved