काठमाडौंमा एक किशोरी बलात्कृत, २८ वर्षीय महर्जन पक्राउ

नेपालभ्युज

काठमाडौंमा एक किशोरी बलात्कृत, २८ वर्षीय महर्जन पक्राउ

काठमाडौं। १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा काठमाडौंका एक युवक पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महर्जनले ती किशोरीलाई ललाईफकाई काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित गेस्ट हाउसमा लगेर विभिन्न मितिमा पटक-पटक जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई मातातीर्थस्थित बौथली चोकबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved