एकीकृत समाजवादीको चुनावी घोषणापत्र : ‘घर-घरमा बिजुली, जन-जनमा सेयर’

नेपालभ्युज

एकीकृत समाजवादीको चुनावी घोषणापत्र : ‘घर-घरमा बिजुली, जन-जनमा सेयर’

काठमाडौं। नेकपा एकीकृत समाजवादीले निर्वाचन प्रणाली सुधारमा जोड दिएको छ । समाजवादीले ‘एक पालिका–एक उद्योग ग्राम’को योजना अघि सारेको छ । घर-घरमा बिजुली, जनजनमा सेयरमा नीति लागू गर्ने विषय घोषणापत्रमा समेटिएको छ ।

सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै समाजवादीका महासचिव बेदुराम भुसालले अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो भएकाले निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन आवश्यक रहेको औंल्याए।

घोषणापत्रमा भनिएको छ,’यो मूलतः धेरै पैंसा खर्च गर्नेले मात्र जित्न सक्ने खालको छ । यो जटिल पनि छ र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ । कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भइ विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ । हामी यस निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ । ’

नेकपा एकीकृत समाजवादीले प्राप्त उपलब्धीको रक्षा, लोकतान्त्रिक प्रणालीको सुदृढ र विस्तार र निर्वाचन प्रणालीमा परिवर्तन जस्ता एजेण्डालाई प्राथमिकता दिएको छ । घोषणापत्रमा मल कारखाना स्थापना गरिने, विदेश गएका युवालाई स्वदेश फर्काउने अभियान संचालन गर्ने उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved