थुनछेक बहसपछि सन्दीप लामिछाने जेल जालान् कि धरौटीमा छुट्लान् ?

अभियुक्तको बयान लिएपछि न्यायाधीशलाई त्यतिबेला फौजदारी कार्यविधि को दफा ६७(१) अनुसार ३ विकल्प प्राप्त हुन्छ। पहिलो ‘थुनामा राख्ने ?’। दोस्रो ‘धरौटीमा छाड्ने?’ वा ‘तारेखमा छाड्ने?’ मंगलबारको थुनछेक बहसपछि सन्दीप लामिछाने जेल जालान् कि धरौटीमा छुट्लान्?

नेपालभ्युज

थुनछेक बहसपछि सन्दीप लामिछाने जेल जालान् कि धरौटीमा छुट्लान् ?
फाइल तश्वीर

काठमाडौं। बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा दर्ता हुँदैछ। जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने छ।

सरकारवादी फौजदारी मुद्दामा प्रहरीले आरोपितलाई अभियोग पत्रसहित अदालतमा बुझाएपछि अदालतले मुद्दाको कारबाही अगाडि बढाउनुपर्ने हुन्छ। त्यतिबेला आरोपित हैसियत अभियुक्तमा परिणत हुन्छ।

अभियुक्तको बयान लिएपछि न्यायाधीशलाई त्यतिबेला फौजदारी कार्यविधि को दफा ६७(१) अनुसार ३ विकल्प प्राप्त हुन्छ। पहिलो ‘थुनामा राख्ने ?’। दोस्रो ‘धरौटीमा छाड्ने?’ वा ‘तारेखमा छाड्ने?’

अभियुक्तको इन्कारी बयान नै भए पनि दफा ६७ (१) र प्रमाण ऐन २०३१ को दफा १८(ख) अनुसार थुनछेकको प्रयोजनका लागि इन्कारी बयान तत्काल प्राप्त प्रमाणभित्र पर्दैन। फौजदारी कार्यविधिको दफा ६७(१) मा ‘तीन वर्षभन्दा बढी कैद सजाय’ हुने अपराधमा ‘तत्काल प्राप्त प्रमाण’ बाट ‘कसुरदार देखिने भएमा’ वा ‘विश्वास गर्ने मनासिब आधार’ भएमा थुनामा राख्ने व्यवस्था छ।

सन्दीपलाई बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी छ। जसकारण मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहसमा सन्दीपलाई पुर्पक्षको लागि थुनामा राख्न सक्ने सम्भावना बढी छ।

सन्दीपले भने आफूले नाबालिकालाई बलात्कार नगरेको दाबी गर्दै आएका छन्। मंगलबार थुनछेक बहस नसकिए अर्को दिन हुनेछ।सन्दीपका पक्षका कानुन व्यवसायी र सरकारी वकिलहरूले बहस गर्नेछन्। कानुनअनुसार २५ दिनभित्र थुनछेक बहस सकेर थुनामा राख्ने वा धरौटीमा तथा तारेखमा छाड्ने आदेश जारी गर्नुपर्नेछ। यसकारण अबको ४ दिनभित्र यी मध्ये कुनै फैसला आउने छ।

सन्दीप लामिछाने २० असोजदेखि प्रहरी हिरासतमा छन्। उनीविरुद्ध तीन पटकसम्म म्याद थप गरी प्रहरीले अनुसन्धान गरेको थियो। एक नाबालिगाले काठमाडौंको गौशालाको एक होटलमा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरी पर्दा सन्दीप क्यारेबियन लिग खेल्ने सिलसिलामा नेपाल बाहिर थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved