आगामी चुनावको परिणामले नागरिकलाई के प्रभाव पर्छ ? कसले चुनाव जिते के हुन्छ ?

मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिँकिदै जाँदा चुनाव कस्ले जित्ला भन्ने जिज्ञासा बढ्दै गएको छ । तर, चुनाव कस्ले जित्छ भन्दा पनि कस्ले चुनाव जिते के हुन्छ ? त्यो बढी महत्वको प्रश्न बन्नु पर्ने हो ।

आगामी चुनावको परिणामले नागरिकलाई के प्रभाव पर्छ ? कसले चुनाव जिते के हुन्छ ?

काठमाडौं। मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिँकिदै जाँदा चुनाव कसले जित्ला भन्ने जिज्ञासा बढ्दै गएको छ । तर, चुनाव कस्ले जित्छ भन्दा पनि कसले चुनाव जिते के हुन्छ ? त्यो बढी महत्वको प्रश्न बन्नु पर्ने हो ।

मंसिर ४ गतेको चुनाव कसले जित्छ भनेर औपचारिक पूर्वानुमान सायद निर्वाचन आचारसंहिता विपरित हुनेछ । चुनाव जित्ने राजनीतिक शक्ति एकाएक आकासबाट खसेर वा धर्तीबाट उम्रिएर आउने हैन । तिनैमध्ये कसैले चुनाव जित्ने हुन्, जो यो प्रक्रियामा समेल छन्। चुनावी प्रक्रियामा के कस्ता राजनीतिक शक्ति, दल, पात्र र प्रवृति सामेल छन्, सबैका सामु छर्लङ्ग छ।

मंसिर ४ गतेको निर्वाचन परिणामले मात्रात्मक भिन्नता दिन सक्ला, गुणात्मक हैन । मूलतः यो एक निरन्तरता र पुनरावृतिकै निर्वाचन हुनसक्ने सम्भावना बढी छ ।

हरेक लोकतान्त्रिक निर्वाचनको पृष्ठभूमिका केही देखिने भिन्नता वा मुद्दा हुनुपर्ने हो । कुन राजनीतिक शक्ति र पार्टीले कुन विचार र एजेण्डा बोकेको छ, त्यसका आधारमा कसले चुनाव जिते के हुन्छ भनेर पूर्वानुमान गर्न सकिने ठाउँ हुनुपर्ने हो।

राजनीतिक दलहरूले अस्पष्ट वैचारिकीमा आधारित कृत्रिम, विजातीय गठबन्धन र तालमेल बनाएका छन। ५ दलीय गठबन्धनले चुनाव जिते के हुन्छ ? एमाले तालमेलले चुनाव जिते के हुन्छ ? अरु कसैले चुनाव जिते के हुन्छ ? न कसैले बुझेको छ न कसैले बुझाउने प्रयत्न नै गरेको छ ।

निर्वाचन सफल र सार्थक हुन मतदाताले मतदान गर्नुअघि यसबारे प्रष्टता हासिल गर्ने अवसर पाउनुपर्दछ । दुर्भाग्य कि यसपटकको निर्वाचनले त्यस्तो प्रष्टताको अवसर दिइरहेको छैन ।

राजनीतिक दलहरुले अस्पष्ट वैचारिकीमा आधारित कृत्रिम, विजातीय गठबन्धन र तालमेल बनाएका छन। ५ दलीय गठबन्धनले चुनाव जिते के हुन्छ ? एमाले तालमेलले चुनाव जिते के हुन्छ ? अरु कसैले चुनाव जिते के हुन्छ ? न कसैले बुझेको छ न कसैले बुझाउने प्रयत्न नै गरेको छ ।

५ दलीय गठबन्धनमा भएका ५ वटा दल ५ प्रकृतिका छन। नेपाली कांग्रेस वर्तमान संविधानप्रति पूर्ण सहमति जनाएको दल हो, माओवादी केन्द्र संविधान जारी हुँदा बखत ‘नोट अफ डिसेन्ट’ लेखेको । नेकपा ( एकिकृत समाजवादी ) को विचार, सिद्धान्त र एजेण्डा के हो र त्यो एमालेको भन्दा किन र कसरी फरक छ, अहिलेसम्म कसैलाई थाहा छैन । दुईदुई पटकको असंवैधानिक संसद विघटन र अन्तर्पार्टी लोकतन्त्रबारे ओली कार्यशैलीप्रति बिमति जनाउनुबाहेक यो दलको कुनै मौलिक पहिचान देखिँदैन ।

गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चा एक शास्त्रीय, रुढीवादी तथा जडचिन्तनग्रस्त कम्युनिस्ट समूह हो । त्यसको अहिलेको मुख्य मुद्दा नै संघीयताको खारेजी हो । यहाँसम्म कि, यो दलले नागरिकता ऐन संधोधन विधेयकको समेत विरोध गरेको थियो ।

यो दल जन्मसिद्धका सन्तानको नागरिकता पाउने अधिकारको विरुद्धमा रहँदै आएको छ। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधानको धारा ११३ को उपधारा ४ उल्लंघन गर्दा यो दलले मौन सहमति जनाएर संविधानवाद र विधिको शासनप्रति अविश्वासनीय बनेको थियो ।

जसपा बाहिरिएपछि गठबन्धनमा छिरेको लोसपा त झनै असंवैधानिक संसद विघटनलाई समर्थन गरी ओली सरकारमा सामेल भएको दल हो । मानौं कि ५ दलीय गठबन्धनले चुनाव जित्यो, यी असंगत र बेमेलमपूर्ण मुद्दाबीच के का आधारमा चुनाव जितेको मान्ने ?

अर्कोतिर एमाले तालमेल छ । त्यहाँ पनि ५ दल छन । एमाले, जसपा, राप्रपा, राप्रपा नेपाल र परिवार दल । अझ हृदयेश त्रिपाठीलाई समेत एमालेले समर्थन गरेको छ । यो तालमेलभित्र झनै ठूलो वैचारिक तथा सवालगत भद्रगोल छ ।

कुनै एक दलको अध्यक्ष हुने अर्को पार्टीको चुनावचिन्ह लिने, यो कुन तरिका हो ? हिजो हृदयेश त्रिपाठीले एमालेको सूर्यचिन्हले लिएर ५ बर्ष त्यसरी नै बिताए । त्यो अभ्यासको खै के परिणाम आयो ? कुनै व्यक्तिका महत्वकांक्षा पूरा गर्दिने र सांसद पदलाई जीवन निर्वाहको स्रोत बनाउने बाहेक यस्तो अभ्यासको कुनै सकारात्मक प्रतिफल देखिन्न ।

तर, एमालेले फेरि पनि त्यही अभ्यास दोहोर्‍याएको छ । हृदयश त्रिपाठीसंगै यसपटक राप्रपा नेपालका कमल थापा र परिवार दलका अध्यक्ष एकनाथ ढकाल छन्। थापा र ढकालले सूर्य चिन्ह लिएको बिल्कुलै असंगत देखिन्छ ।

ढकालको परिवार दल एक विवादास्पद अन्तर्राष्ट्रि धार्मिक संस्था र समुदायको राजनीतिक शाखा मात्रै हो भन्ने सबैलाई प्रष्ट छ । तर, एमालेले उनलाई यसरी काँधमा बोकेको छ, त्यसको कुनै राजनीतिक संगति देखिँदैन ।

यी दुवै दल एमालेले दाबी गरेझैं न कम्युनिस्ट हुन् न जबजवादी । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग शर्मनाक हारपछि ‘पछिल्ला गणतन्त्रवादी’ भएका कमल थापालाई बोकेर एमालेले हासिल गर्न चाहेको के हो ? थापाको विकृत राजतन्त्रवादी इतिहासलाई गंगाजल छर्किनेबाहेक यसको कुनै तुक छैन ।

ढकालको परिवार दल एक विवादास्पद अन्तर्राष्ट्रि धार्मिक संस्था र समुदायको राजनीतिक शाखा मात्रै हो भन्ने सबैलाई प्रष्ट छ । तर, एमालेले उनलाई यसरी काँधमा बोकेको छ, त्यसको कुनै राजनीतिक संगति देखिँदैन ।

५ दलीय गठबन्धनबाट रातारात उम्किएर पुगेको जसपा र एमालेबीच पनि कुनै वैचारिक तथा सवालगत सम्बन्ध छैन । एमाले वर्तमान संविधान जारी हुँदा चर्किएको मधेस आन्दोलनको सधै प्रतिरोध गर्दै आएको, वर्तमान संविधानलाई ‘संसारकै उत्कृष्ट’ भन्दै दीपावली गर्ने दल हो ।

जबजवादी एमाले र ओली, राजावादी राप्रपा र लिङदेनको लगनगाँठोको कुनै चर्चा नै आवश्यक छैन । यी दुई ठूला परम्परागत गठबन्धन र तालमेलले मात्रै हैन, त्यसबाहेकका नयाँ, स्वतन्त्र र वैकल्पिक भनिएकाहरूले पनि त्यति धेरै वैचारिक तथा सवालगत प्रष्टता दिन सकेका छैनन् । 

जसपा त्यसको ठीक विपरीत मधेस आन्दोलनको नेतृत्वदायी भूमिकाबाट आएको दल हो । पहिचानवादी जसपा र पहिचानलाई ‘गुन्द्रुकको झोल’ जति पनि महत्त्व नदिने  एमाले तालमेलले चुनाव जिते देश कसको नीति, सिद्धान्त र कार्यक्रममा चल्छ ?

जबजवादी एमाले र ओली, राजावादी राप्रपा र लिङदेनको लगनगाँठोको कुनै चर्चा नै आवश्यक छैन । यी दुई ठूला परम्परागत गठबन्धन र तालमेलले मात्रै हैन, त्यसबाहेकका नयाँ, स्वतन्त्र र वैकल्पिक भनिएकाहरुले पनि त्यति धेरै वैचारिक तथा सवालगत प्रष्टता दिन सकेका छैनन् ।

त्यसो भए मंसिर ४ गतेपछि के हुन्छ ?

जाहेर छ कि, नेपाली कांग्रेस र एमालेबाहेक अरु कुनै पनि दल उनीहरूको उम्मेद्वार संख्या वा पार्टी आकारकै कारण सरकारको नेतृत्वका लागि दाबेदारसमेत छैनन् ।

मंसिर ४ गतेपछि पनि विगत ३३ वर्षकै राजनीतिक प्रवृत्ति दोहोरिने सम्भावना छ । जबकी देश, जनता र इतिहासको कार्यभार भने फरक थियो ।

देशलाई वैचारिक प्रष्टता, राजनीतिक इच्छाशक्ति, दृढ र कुशल नेतृत्वसहितको राजनीतिक शक्ति र नयाँ सरकार चाहिएको थियो । तर, यो आवश्यकता परिपूर्ति हुने सम्भावना कमै देखिन्छ ।

यो चुनावमा कसले, कति सिट जिते के हुन्छ ? कसको सरकार बने के हुन्छ ? सहजै भन्न सकिन्छ– आवधिक निर्वाचनको लोकतान्त्रिक कर्मकाण्ड पूरा हुन्छ । तर, के देशलाई चाहिएजस्तो राजनीतिक शक्तिको उदय हुन्छ ? सायदै त्यसो होला ।

यदि, हामीले रोजेको प्रणाली लोकतान्त्रिक हो भने दलहरू आ-आफ्नो विचार, सिद्धान्त र एजेण्डाका आधारमा एक्लाएक्लै चुनाव लड्न राजी हुनु पर्थ्यो वा विचार र मुद्दा मिल्ने दलहरूबीच सजातीय गठबन्धन बन्नु पर्दथ्यो । तर, त्यसो हुन सकेन ।

चुनावी घोषणापत्रलाई अनावश्यक रूपमा हावादारी, पपुलिस्ट र असम्भव कल्पनाको पोको बनाएपछि त्यसमा ध्यान दिन जरुरी नै भएन । घोषणापत्रमा जेजे लेखे पनि त्यसको राजनीतिक तथा नैतिक जिम्मेवार कसले वहन गरेको छ ? कहाँ गएर खोज्ने ?

दलहरूले चुनाव जिते के गर्ने हुन् भनेर चुनावी घोषणापत्रमार्फत् प्रष्ट पार्ने प्रचलन विश्वव्यापी हो । तर, चुनावी घोषणापत्रको पहिलो शर्त त्यसको विश्वसनीयता हुनुपर्दछ । राजनीतिक दल तथा उम्मेदवारका घोषणापत्र अहिले कागजको खोस्टो सावित हुँदै गएका छन् । त्यसो हुनुमा दलहरू स्वयं जिम्मेवार छन्।

चुनावी घोषणापत्रलाई अनावश्यक रूपमा हावादारी, पपुलिस्ट र असम्भव कल्पनाको पोको बनाएपछि त्यसमा ध्यान दिन जरुरी नै भएन । घोषणापत्रमा जेजे लेखे पनि त्यसको राजनीतिक तथा नैतिक जिम्मेवार कसले वहन गरेको छ ? कहाँ गएर खोज्ने ?

यो एक निराशाजनक पूर्वानुमान जस्तो देखिएला तर, भन्न सकिन्छ– मंसिर ४ गतेको चुनाव जस्ले जिते पनि खासै फरक पर्नेवाला छैन । कांग्रेसले जितोस वा एमालेले, माओवादीले जितोस वा अरु कोहीले केही फरक पर्ला जस्तो छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved