विश्वकप क्रिकेट: आयरल्याण्डसँग इङल्याण्ड पराजित

मेलबर्न क्रिकेट ग्राउण्डमा बुधबार वर्षाले प्रभावित खेलमा आयरल्याण्डले डीएल पद्दतिका आधारमा ५ रनको जित हात पारेको हो । 

नेपालभ्युज

विश्वकप क्रिकेट: आयरल्याण्डसँग इङल्याण्ड पराजित

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आयरल्याण्डले इङल्याण्डलाई हराएको छ ।

मेलबर्न क्रिकेट ग्राउण्डमा बुधबार वर्षाले प्रभावित खेलमा आयरल्याण्डले डीएल पद्दतिका आधारमा ५ रनको जित हात पारेको हो ।

१ सय ५८ रनको लक्ष्य इङल्याण्डले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो । खेल रोकिनु अघि इङल्याण्डले १४ ओभर ३ बलमा ५ विकेट गुमाएर १ सय ५ रन जोडेको थियो ।

उसका लागि  डेविड मालनले ३५ र मोइन अलीले अविजित २४ रन बनाए । आयरल्याण्डका जोस लिटलले २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको आयरल्याण्डले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५७ रन जोडेको थियो । कप्तान एन्डी बलब्रिनीले ६२ रन बनाए ।  लोर्कन टुकरले ३४ रनको योगदान गरे । इङल्याण्डका लागि आदील राशिद र मार्क उडले ३/३ विकेट लिए ।

आयरल्याण्डले जारी विश्वकपमा पहिलो जित हात पारेको हो । दुवैको २-२ अंक भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved