सत्तागठबन्धन रहरले हैन बाध्यताले बनेको हो : प्रधानमन्त्री देउवा

सत्तागठबन्धन रहरले हैन बाध्यताले बनेको हो : प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले  सत्तागठबन्धन रहरले नभई बाध्यताले बनेको बताएका छन् । उनले गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको बिरुद्धमा जान नसक्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित सत्तारुढ गठबन्धनको वागमती प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको खिलाफमा जान नसक्ने बताएका हुन् । उनले कसैले प्रजातन्त्र विरोधी कार्य गर्न पनि नसक्ने बताए ।

उनले गठबन्धन कायम रहेमा समावेशिताको खिलाफमा पनि कोही जान नसक्ने बताए । प्रधानमन्त्री देउवाले अहिले संक्रमणकालीन समय भएकाले आपसमा झगडा गर्न नहुने समेत बताए । उनले गठबन्धनलाई टिकाएर देश विकासको बाटोमा जानुपर्नेमा समेत जोड दिए ।

उनले भने– ‘गठबन्धनका कारणले सबैले टिकट पाउँदैनन् । यो हाम्रो पार्टीमा पनि, हरेक पार्टीमा त्यही समस्या होला । गठबन्धन छ चुनावी जितिहाल्छु टिकट चाहियो । त्यस्तो पनि छ अहिले । भोलिको दिनमा अझ यसलाई बढाउन सकिन्छ । भरसक म न्यायपूर्ण तरिकाले साथीहरुलाई चुनावमा उठाउने प्रयास गर्नेछु । हरेक पार्टीमा समस्या छ । तर अहिलेको बेला संक्रमणकाल हो । अहिलेको बेला झगडा गर्ने बेला होइन । अहिलेको बेला गठबन्धन टिकाउनु हो । अब देश विकासमा जाने हो ।’

प्रधानमन्त्री देउवाले गठबन्धनका कारण सबैले टिकट पाउन नसकेको भन्दै सबैलाई न्यायपूर्ण तरिकाले चुनावमा उठाउने प्रयास गरिएको समेत बताए । उनले आफूलाई प्रधानमन्त्री बनाउनका लागि मात्रै गठबन्धन नबनेको स्पष्ट पारे । देशमा स्थायी शान्ति, दह्रो लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै उनले यसको अपरिहार्यता भोलि पनि रहने उल्लेख गरे ।

चुनावमा कुनै पनि दलको बहुमत नआउने भएकाले आपसमा मिल्नुपर्ने बाध्यता भएको उनको भनाई छ । गठबन्धनका दलहरुबीच आपसमा एकतावद्ध भएर गठबन्धनका उम्मेदवारलाई विजय गराउन उनले आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved