रुपन्देही २ मा सत्ता गठबन्धनको उम्मेदवारी खारेजीपछि जनमुक्ति पार्टीलाई समर्थन गर्ने तयारी

रुपन्देहीको क्षेत्र नं. २ मा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय जनमुक्ति पार्टीलाई समर्थन गरेर चुनावी तालमेल गर्ने सम्भावना छ।

नेपालभ्युज

रुपन्देही  २ मा सत्ता गठबन्धनको उम्मेदवारी खारेजीपछि जनमुक्ति पार्टीलाई समर्थन गर्ने तयारी

काठमाडौं। रुपन्देहीको क्षेत्र नं. २ मा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय जनमुक्ति पार्टीलाई समर्थन गरेर चुनावी तालमेल गर्ने सम्भावना छ।

औपचारिक निर्णय गर्न गठबन्धनका दलहरू छलफलमा छन्।
मंगलबारसम्म निर्णय लिने नेताहरू बताउँछन्। कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले पार्टीका केन्द्रीय अध्यक्षहरूसँग पनि परामर्श भइरहेको बताए।

खाँणका अनुसार औपचारिक निर्णय गर्न माओवादीका नेता वामदेव क्षेत्री, कांग्रेसका रामकृष्ण खाँण, एकीकृत समाजवादीका राजु गुरुङ र जनमोर्चाका पदम श्रेष्ठलाई जिम्मा दिइएको छ। यी नेताहरूले माथिल्लो तहसम्म परामर्श गरेर छिटै टुङ्गो लगाउने बताइएको छ।

रुपन्देही–२ मा केही स्वतन्त्रसहित सात दलका १५ जनाको उम्मेदवारी परेको छ। यहाँ राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी र रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पनि सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने चाहना व्यक्त गर्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved