नवौं राष्ट्रिय खेलकुदमा आर्मीकी जयरानीले राष्ट्रिय कीर्तिमानसहित दोस्रो स्वर्ण जितिन्

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुदमा आर्मीकी जयरानीले राष्ट्रिय कीर्तिमानसहित दोस्रो स्वर्ण जितिन्

काठमाडौं। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १ सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले स्वर्ण पदक जितेकी छिन्।

पोखरा रंगशालामा आज विहान भएको खेलमा जयरानीले हिट चरणमा १५.१६ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। फाइनल चरणमा भने उनले निर्धारित दुरी १५.६९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारिन्।

यस अघि उनकै नाममा १५.२० सेकेन्डको कीर्तिमान थियो। जयरानीले आइतबार ४ सय मिटरमा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन्। यस स्पर्धामा आर्मीकी निर्मला थापाले १६.२५ सेकेन्डको समय निकाल्दै रजत जितिन्।

एपीएफकी भगीरती कुमारी थारुले १९.१३ सेकेन्डको समय निकाल्दै कास्य हात पारिन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved