जन्मकुण्डली जलाएर गरियो सत्यमोहन जोशीको अन्त्येष्टि

नेपालभ्युज

जन्मकुण्डली जलाएर गरियो सत्यमोहन जोशीको अन्त्येष्टि
तस्विर: गिरीश गिरी

काठमाडौं । आइतबार बिहान निधन भएका शताब्दी पुरूष सत्यमोहन जोशीको जन्मकुण्डली जलाएर अन्त्येष्टि गरिएको छ।

जोशीको अन्तिम इच्छा अनुसार अस्पताललाई शव दान गरेपछि जोशीका जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराजले आइतबार साँझ ६ बजेर १४ मिनेटमा शंखमूलस्थित बागमती घाटमा जन्मकुण्डली जलाएर अन्त्येष्टि गरेको

जोशीका आत्मकथा लेखक गिरीश गिरीले   ट्विटरमार्फत् जानकारी दिएका छन् ।

जन्मकुण्डली जलाएपछि कागजको खरानी र जोशीका लुगाफाटा बागमती नदीमा सेलाइएको गिरीले बताए ।   उक्त क्षण जोशीका दुई छोरा र आफू गरी तीन जना मात्र उपस्थित रहेको उनले  ट्विटरमार्फत उल्लेख गरेका छन् ।

‘पुरानो कागज असाध्यै पक्का किसिमको भएकाले बाल्न कठिन भएको थियो,’ गिरीले ट्विटरमा लेखेका छन्, ‘खरानीलाई बागमती नदीमा सेलाइएको थियो।’

जन्मकुण्डली जलाउनुअघि त्यसका प्रतिरूप निकालेर सुरक्षित राखिएको समेत उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved