इण्डियन आयल कर्पोरेशनले बढाएर पठायो पेट्रोलियम पदार्थको मूल्य

नेपालभ्युज

इण्डियन आयल कर्पोरेशनले बढाएर पठायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । इण्डियन आयल कर्पोरेशन लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य बढाएर  पठाएको छ ।  डिजेल र हवाई इन्धनको मूल्य  अत्यधिक बढेर आएको  नेपाल आयल निगमले जनाएको छ ।

आइतबार  बढेर आएको सूची अनुसार  पेट्रोलमा रु.१.७४ प्रति लिटर, डिजेलमा रु. १५.६० प्रति लिटर र हवाई इन्धनमा रु. १०.२५ प्रति लिटरले बढेर आएको छ ।

यसले डिजेलमा रु. ६.३४ प्रति लिटर घाटा (रु. १८.५१ करोड घाटा) र एल.पी.ग्यासमा रु. ३२५.४४ प्रति सिलिण्डर घाटा (रु. ३७.६० करोड घाटा) भई पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब रु. ३९ करोड नाफा हुने प्रक्षेपण गरिएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्ने क्रममा रहेको तथा अमेरिकी डलरसँग नेपाली मुद्राको विनियम दर कमजोर हुँदै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र इण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं आन्तरिक ऋणको व्यवस्थापन गर्न निगमलाई अझैपनि चुनौतिपूर्ण अवस्था रहेको छ निगमले जनाएको छ । साथै निगमले  हाललाई पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत राखेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved