महिला साइक्लिङको स्वर्ण बागमतीलाई

नेपालभ्युज

महिला साइक्लिङको स्वर्ण बागमतीलाई

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदमा महिला साइक्लिङको महिला क्रसकन्ट्रीमा बागमतीकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी छिन् ।

रानीवनमा भएको खेलमा मगरले १५ किलोमिटरको दूरी १ घण्टा ९ मिनेट ४८ सेकेन्डमा पुरा गर्दै स्वर्ण जित्न सफल भएकी हुन् ।

त्रिभुवन आर्मी क्लबकी उशा खनालले रजत पदक जित्न सफल भइन् । उनले सो दूरी १ घण्टा १२ मिनेट ३९ सेकेन्डमा पुरा गरिन् ।

एपीएफकी हुमी बुढामगरले भने १ घण्टा २० मिनेट ४ सेकेन्डमा सो ट्रयाक पुरा गर्दै काश्य पदक जित्न सफल भइन् । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved