महिला क्रिकेटमा बागमती प्रदेशको तेस्रो जित 

नेपालभ्युज

महिला क्रिकेटमा बागमती प्रदेशको तेस्रो जित 

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा बागमती प्रदेशले तेस्रो जित निकालेको छ। आइतबार भएको खेलमा बागमतीले मधेस प्रदेशलाई ८ विकेटले पराजित गरेको हो।

मधेसले दिएको ५५ रनको लक्ष्य बागमतीले १३ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो । बागमतीका लागि अनिशा मझाकोटीले नटआउट १६ र अस्मिता खरेलले १३ रन बनाइन् । मधेसका लागि सरस्वती कुमारी र कविता गौतमले १–१ विकेट लिए ।

टस जितेर बागमतीले फिल्डिङ रोजेसँगै मधेस ब्याटिङमा उत्रियो । १८ ओभर २ बलमा प्याक भएको मधेसले ५४ रन जोड्यो । मधेस टोली फितलो ब्याटिङ प्रदर्शन गरेको थियो । मधेसलाई पेभिलियन फर्काउन बिपिशा शाही, सोनी पाख्रिन र खुसी डंगोलले २–२ विकेट लिए। 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved