टी–२० विश्वकप क्रिकेट : पहिलो खेलमा नामिबियासँग श्रीलंका स्तव्ध

नेपालभ्युज

टी–२० विश्वकप क्रिकेट : पहिलो खेलमा नामिबियासँग श्रीलंका स्तव्ध

काठमाडौं। आईसीसी टी–२० विश्वकप क्रिकेटमा श्रीलंका नामिबियासँग पराजित भएको छ । उपाधिकै दाबेदार मानिएको श्रीलंका आफ्नो पहिलो खेलमै एसोसियट टीमसँग स्तव्ध भएको हो ।

अष्ट्रेलियाको जिलङमा आइतबार भएको उद्घाटन खेलमा नामिबियाले श्रीलंकालाई ५५ रनले हराएको हो ।

पहिले ब्याटिङ गरेको नामिबियाले ७ विकेट गुमाएर १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका एक ओभर अगाडी नै १०८ रनमा अलआउट भयो । दासुन शनाकाले २९ र भानुका राजपाक्षेले २० रन बनाए । अन्यले उल्लेख्य रन बनाउन सकेनन् ।

श्रीलंकालाई सस्तैमा आउट गर्न जेन फाइलिङ्क, बेन शिकोन्गो, बर्नार्ड शोल्ज र डेभिड विसेले २–२ तथा जेजे स्मितले १ विकेट लिए ।

त्यसअघि  जेन फ्राइलिङ्कले ४४, जोनाथन स्मिथले ३१ र स्टेफन बार्डले २६ रन बनाएपछि नामिबियाले सम्मानजनक स्कोर खडा गरेको थियो । श्रीलंकाका लागि प्रमोद मदुशन लियानागामागेले २ तथा महेश थेक्षानाले १ विकेट लिए।

अर्को खेलमा नेदरल्याण्ड्स र यूएईबीच प्रतिस्पर्धा भइरहेको छ । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved