टी–२० विश्वकप क्रिकेट आजदेखि, १६ देशमध्ये  को बन्ला च्याम्पियन ?

यो विश्व कपमा आयोजक अस्ट्रेलियासहित नामिबिया, श्रीलङ्का, यूएई, नेदरल्यान्ड, वेस्ट इन्डिज, जिम्बाबे, आयरल्यान्ड, स्कटल्यान्ड, न्युजिल्यान्ड, अफगानिस्तान, इङ्ग्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बङ्लादेश गरी १६ टोली सहभागी छन् ।

नेपालभ्युज

टी–२० विश्वकप क्रिकेट आजदेखि, १६ देशमध्ये  को बन्ला च्याम्पियन ?
विश्वकपमा सहभागि देशका कप्तानहरु सेल्फी खिच्दै ।

काठमाडौं। आईसीसी टी–२० विश्व कप क्रिकेट आइतबारदेखि अस्ट्रेलियामा सुरु हुँदैछ । भिक्टोरियामा हुने उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का खेल्दैछन् ।खेल नेपाली समयअनुसार बिहान पौने १० बजे सुरु हुनेछ ।

नामिबिया दोस्रो पटक विश्व कप खेल्दैछ । श्रीलङ्का पूर्व च्याम्पियन र अहिलेसम्मका सबै विश्व कपमा सहभागी टोली हो । आइतबारकै दोस्रो खेलमा दिउँसो पौने २ बजे यूएई र नेदरल्यान्ड खेल्दैछन् । यूएई दोस्रो पटक र नेदरल्यान्ड पाँचौँ पटक विश्व कप खेल्न लागेको हो ।

यो विश्व कपमा आयोजक अस्ट्रेलियासहित नामिबिया, श्रीलङ्का, यूएई, नेदरल्यान्ड, वेस्ट इन्डिज, जिम्बाबे, आयरल्यान्ड, स्कटल्यान्ड, न्युजिल्यान्ड, अफगानिस्तान, इङ्ग्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बङ्लादेश गरी १६ टोली सहभागी छन् ।

टी–२० विश्व कपमा अहिलेसम्मका ७ संस्करणमा ६ टोली च्याम्पियन बनेका छन् । वेस्टइन्डिजले दुई पटक विश्व कप जितेको छ । अघिल्लो वर्षको विजेता अष्ट्रेलियाले यो वर्ष विश्वकपको आयोजना गरेको हो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved