विश्लेषण

घनश्याम भुसालको बहिर्गमन र कमल थापाको आगमन: ओलीको नेतृत्वमा कता जाँदैछ एमाले ?

पञ्चायतमा दिपक बोहराको आतंक कमल थापाको भन्दा कम थिएन । बोहराले संरक्षण गरेका गुण्डाले प्रजातन्त्र समर्थकको दिन दहाडै हत्या गर्ने गरेका थिए । त्यस क्षेत्रमा भुसालहरुको मुख्य संघर्ष नै बोहरासँग हुने गरेको थियो । अहिले अवस्था यस्तो आयो कि उनको क्षेत्रमा एमाले नेतृत्वले बोहरालाई काँधमा बोकेर उम्मेदवार बनाएको छ । अर्थात ओलीले कमल थापा र दिपक बोहरालाई काखी च्यापेर भुसाललाई बाहिर धकेलेका छन् । भुसालको बहिर्गमन र कमल थापाको प्रवेश तथा दिपक बोहरालाई काँधमा बोक्ने यो प्रवृति एमालेको दक्षिणपन्थीकरणको पराकाष्ठा हो कि थप एक कडी मात्रै ?

नेपालभ्युज

घनश्याम भुसालको बहिर्गमन र कमल थापाको आगमन: ओलीको नेतृत्वमा कता जाँदैछ एमाले ?

काठमाडौं। भनिन्छ– राजनीति संभावनाको खेल हो । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् । राजनीतिमा मित्र कुन बेला शत्रु बन्छ, शत्रु कुन बेला मित्र बन्छ, कुनै टुंगो हुँदैन। आम निर्वाचन–२०७९ को दलीय गठबन्धन, तालमेल र उम्मेद्वारीको प्रवृति हेर्दा उपरोक्त भनाइ जस्ताको त्यस्तै लागू भएको देखिन्छ। यो भनाइलाई पुष्टि गर्ने दर्जनौं घटना प्रकट भएका छन् ।

तीमध्ये एक रोचक उदाहरण बन्न पुगेको छ– एमालेबाट घनश्याम भुसालको बहिर्गमन र कमल थापाको आगमन । यद्यपि, भुसालले पार्टी परित्याग गर्दा भविष्यमा फेरि सहकार्यको सम्भावना देखेका छन् भने कमल थापाले ‘पार्टी प्रवेश’ नभनेर एमालेको सूर्य चिन्ह मात्र प्रयोग गर्न लागेको बताएका छन्।

भुसाल एमालेभित्रको मात्र हैन, देशको समग्र वामपन्थी तथा कम्युनिस्ट आन्दोलनकै एक ‘बौद्धिक नेता’ तथा ‘चिन्तक व्यक्तित्व’ मानिन्थे । उनकै शब्दमा उनी करिब ४५ वर्षदेखि कम्युनिष्ट आन्दोलन र एमाले पार्टीमा थिए । एमाले पार्टी निर्माणको जग बनेको २०३६ सालको विद्यार्थी आन्दोलन र माले कालदेखि नै उनले पार्टीभित्र र बाहिरको वैचारिक तथा राजनीतिक संघर्षमा योगदान गर्दै आएका थिए ।

२०७७ पस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा उनी ओली सरकारको कृषिमन्त्री थिए । ओलीको कदमसँग विमति राख्दै उनले मन्त्री पदबाट राजीनामा गरेका थिए। तत्कालीन नेकपा (नेकपा) भित्रको विवाद र गुटबन्दीमा उनी प्रचण्ड–माधव नेपाल समूहमा थिए।

भुसाल मातृ पार्टी भावना र भविष्यको आशाले वैचारिक विमति र व्यवहारिक असहजता हुँदाहुँदै पनि एमालेमा टिकेका थिए । अन्ततः भुसालले ओली र एमालेसँग ‘सहकार्यका सबै सम्भावना समाप्त भएको’ निष्कर्ष निकालेका छन्।

तत्कालीन नेकपा (नेकपा) ३ पटक विभाजित भयो । पहिलोपटक पूर्व एमाले र माओवादी केन्द्र सर्वोच्च अदालतको निर्णयको कारण वैधानिक रूपमा अलग भए । दोस्रोपटक माधव नेपाल–झलनाथ खनाल समूह बाहिरियो र एकीकृत समाजवादी पार्टी गठन गर्‍यो । तेस्रोपटक– वामदेव गौतम एमालेबाट बाहिरिएर कम्युनिस्ट आन्दोलन एकता अभियान बनाए ।

भुसाल ओलीभन्दा वैचारिक हिसाबले यी ३ समूह र व्यक्तिगतरूपमा यिनका नेताहरूसँग नजिक थिए । तर, उनी पार्टी विभाजनमा समेल भएनन् । आफूलाई मन नपरेका नेता केपी ओली नेतृत्वको एमालेमै बसे । त्यसका पछाडि भूसालको आफ्नै तर्क थियो । उनले एमालेलाई ओली र ओली गुटको पेवा नभएर आफ्नो समेत पसिना र योगदानले बनेको अंशियारी लाग्ने घर भन्दै आएका थिए । ओलीको नेतृत्वमा पार्टी गलत बाटोमा लागेको भए पनि कुनै दिन यसलाई सच्च्याउन सकिने भुसालको ठहर थियो ।

भुसाल मातृ पार्टी भावना र भविष्यको आशाले वैचारिक विमति र व्यवहारिक असहजता हुँदाहुँदै पनि एमालेमा टिकेका थिए । अन्ततः भुसालले ओली र एमालेसँग ‘सहकार्यका सबै सम्भावना समाप्त भएको’ निष्कर्ष निकालेका छन्।

एमालेको आठौं महाधिवेशन ( २०६५, बुटवल ) पछि कम्युनिस्ट वैचारिकीमा आफूले निकै ठूलो योगदान गरेको, माओवादी र प्रचण्डले समेत सातौं महाधिवेशन ( २०१३, हेटौँडा ) पछि त्यही वैचारिकीलाई अवलम्बन गर्ने थालेको भुसालको दाबी थियो।

भुसालका दाबी कति ठीक थिए वा बेठीक थिए, त्यो आफ्नो ठाउँमा छ तर, बौद्धिक र वैचारिक दृष्टिकोणले उनी वामपन्थी तथा कम्युनिस्ट आन्दोलनभित्रका एक ‘उज्ज्वल नक्षेत्र’ मानिन्थे । कतिपय कम्युनिष्ट कार्यकर्ताले त उनलाई ‘नेपालका नयाँ मार्क्स भन्ने गर्थे । भुसालका विचारलाई कम्युनिस्ट आन्दोलनका कुनै पनि समूहका शीर्ष नेताले खण्डन गरेको पाइँदैन । यस्ता भूसालले एमाले परित्याग गरे ।

त्यसो त उनीमाथि चुनावको टिकट नपाएर पार्टी परित्याग गरेको आरोप लगाउन सकिने ठाउँ छ। पार्टी परित्यागसँगै उनले रुपन्देही–१ बाट स्वतन्त्र उम्मेद्वारी दिएका छन् । सत्तापक्षीय गठबन्धनले उनलाई समर्थन गर्ने सम्भावना छ । यस दृष्टिकोणबाट भुसालको उम्मेद्वारीले कुनै भिन्नै मौलिक र स्वतन्त्र सन्देश भने दिँदैन । उनी परम्परागत सत्ता राजनीतिकै एक नयाँ कडी मात्र बन्न पुगेका छन् ।

विद्यार्थी राजनीतिमा भुसाल ‘अखिल’ को महासचिवसम्म भएका हुन् । थापा ‘मण्डले’ को अध्यक्ष । ‘अखिल’ र ‘मण्डले’ पञ्चायतकालमा एकअर्काका ‘ज्यानी दुश्मन’ जस्ता संगठन थिए । 

अर्कोतिर भुसालले परित्याग गरेको एमालेमा कमल थापाको आगमन भएको छ । थापा भने नेपाली राजनीतिमा भूसालभन्दा ठीक विपरीत प्रवृत्तिका हुन् । उनी शाहवंशीय राजतन्त्र निकट खान्दानीय परिवारबाट राजनीतिमा आएका थिए । वि.स. २०३० को दशकमा तत्कालीन निर्दलीय पञ्चायती व्यवस्था निकट राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल हुँदै थापा राजनीतिमा आए।

विद्यार्थी राजनीतिमा भुसाल ‘अखिल’ को महासचिवसम्म भएका हुन् । थापा ‘मण्डले’ को अध्यक्ष । ‘अखिल’ र ‘मण्डले’ पञ्चायतकालमा एकअर्काका ‘ज्यानी दुश्मन’ जस्ता संगठन थिए ।

२०३६ सालपछि सीपी मैनालीको समर्थक भएवापत आफनै भूमिगत पार्टीले भूसाललाई दंडित गर्न थाल्यो । यता थापालाई दरबार र पञ्चायतले पुरस्कृत गर्दै ३१ वर्षको उमेरमै सञ्चारराज्य मन्त्री बनायो । २०४६ सालको जनआन्दोलन चर्किरहेको बेला थापा मरिचमान सिंह सरकारको सञ्चारराज्य मन्त्री तथा पञ्चायतको हर्ताकर्तामध्ये एक थिए ।

२०४६ पछि पूर्व पञ्चहरूको पार्टी राप्रपामा लाग्नु थापाको स्वाभाविक राजनीतिक यात्रा थियो । तर, उनी ज्ञानेन्द्र शाहको ‘कु’ र तानाशाही शासनकालमा गृहमन्त्री थिए भन्ने कुरा अर्को बिर्सन नमिल्ने यथार्थ हो । तिनै थापा राप्रपाको पछिल्लो महाधिवेशनमा राजेन्द्र लिङदेनसँग अध्यक्ष पदमा पराजित भएपछि ‘राजतन्त्र विरोधी’ भएका छन्। एमालेले उनलाई सहर्ष सूर्यचिन्ह प्रदान गरेको छ।

नवौं महाधिवेशनपछि एमालेमा ओलीको उदय भयो। त्यस महाधिवेशनको दस्तावेज तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनालले तयार गरेका थिए । त्यसमा भुसालको उल्लेखनीय योगदान थियो। पार्टी महाधिवेशनबाट राजनीतिक प्रतिवेदन एक मतले पारित पनि भयो ।

ओलीको उदयसँगै एमालेको निरन्तर दक्षिणपन्थीकरण हुँदै गयो भन्ने बुझाइ, विश्लेषण र आमगुनासो हो । जनआन्दोलन २०६२-२०६३ को अवधिमा नै ओली र ओलीको समूह गणतन्त्रको विरुद्धमा थियो । उनीहरूले ‘तत्काल गणतन्त्रको लाइनमा जान नहुने’ भन्दै पार्टी केन्द्रीय समितिमा ‘नोट अफ डिसेन्ट’ नै लेखेका थिए । त्यस समूहमा ओली, विद्या भण्डारीलगायत १८ जना केन्द्रीय सदस्य थिए ।

तर, नेतृत्वमा भने ओली र ओली समूह हाबी भयो । माधव नेपाललाई झिनो मतले पराजित गर्दै ओली पहिलोपटक पार्टी अध्यक्ष बने । झलनाथ खनालले लेखेको र पृष्ठभागबाट भुसालको योगदान रहेको पार्टी दस्तावेजप्रति ओलीको खासै रुचि थिएन । एमालेमा विस्तारै ‘जहाँ ओली त्यही दस्तावेज, जे भन्छन् ओली, त्यही पार्टी नीति, ओली भनेकै एमाले, एमाले भनेकै ओली’ भनेजस्तो स्थिति तयार भयो । भुसालले यसलाई ‘नीति एकातिर, नेतृत्व अर्कोतिर’ भन्दै आएका थिए ।

ओलीको उदयसँगै एमालेको निरन्तर दक्षिणपन्थीकरण हुँदै गयो भन्ने बुझाइ, विश्लेषण र आमगुनासो हो । जनआन्दोलन २०६२-२०६३ को अवधिमा नै ओली र ओलीको समूह गणतन्त्रको विरुद्धमा थियो । उनीहरूले ‘तत्काल गणतन्त्रको लाइनमा जान नहुने’ भन्दै पार्टी केन्द्रीय समितिमा ‘नोट अफ डिसेन्ट’ नै लेखेका थिए । त्यस समूहमा ओली, विद्या भण्डारीलगायत १८ जना केन्द्रीय सदस्य थिए ।

तर, ओली त्यतिखेर एमालेको मूल नेता थिएनन् तसर्थ उनले पार्टी नीति र जनआन्दोलनलाई खासै हानी पुर्‍याउन सकेनन् । ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ जस्ता अभिव्यक्ति दिएर जनआन्दोलनको विरुद्धमा टुक्का भन्दै बसे ।

त्यसपछिका दिनमा ओली र ओली समूहको ‘दक्षिणपन्थीकरण’ रोकिएन बरु झन्झन् उजागर हुँदै गयो । उनले समावेशिता, संघीयता, मधेस जनविद्रोह, जनयुद्ध, जनजाति आन्दोलन र आरक्षणको विरुद्धमा अनेक अभिव्यक्ति दिइरहे । दक्षिणपन्थीकरणको सबैभन्दा डरलाग्दो रूप संविधान र संविधानवादको अपहेलना र दुई-दुई पटकको असंवैधानिक संसद् विघटनमा देखियो । जो ‘ओली प्रतिगमन’ रूपमा राजनीतिक इतिहासमा दर्ज भएको छ।

यही दृष्टिकोणबाट उनले माधव नेपाल–झलनाथ खनालको कदमलाई अनुचित भन्दै आएका थिए । तर, आजका मितिमा आइपुग्दा भुसाल आफैँ ओलीबारे गलत साबित भएका छन् । एमाले ओली समूहले कब्जा गरिसकेको र सहकार्यका सम्भावना समाप्त भएको निष्कर्ष निकाल्न उनी बाध्य भएका छन्।

भुसालले ‘ओली प्रतिगमन’ को विरोध गर्दै आएका थिए, त्यसका बाबजुद पार्टी नछोड्ने र एमालेलाई नै सच्याउने उनको सोच थियो । कुनै दिन एमालेले नै इतिहासको समीक्षा गर्दै ओली प्रतिगमनका लागि सार्वजनिक क्षमायाचना गर्ने छ भन्ने भुसालको दाबी थियो ।

यही दृष्टिकोणबाट उनले माधव नेपाल–झलनाथ खनालको कदमलाई अनुचित भन्दै आएका थिए । तर, आजका मितिमा आइपुग्दा भुसाल आफैँ ओलीबारे गलत साबित भएका छन् । एमाले ओली समूहले कब्जा गरिसकेको र सहकार्यका सम्भावना समाप्त भएको निष्कर्ष निकाल्न उनी बाध्य भएका छन्।

यहाँनिर रुपन्देहीको राजनीतिमा दिपक बोहरालाई पनि जोड्नै पर्छ । पञ्चायतमा बोहराको आतंक कमल थापाको भन्दा कम थिएन । बोहराले संरक्षण गरेका गुण्डाले प्रजातन्त्र समर्थकको दिन दहाडै हत्या गर्ने गरेका थिए । त्यस क्षेत्रमा भुसालहरुको मुख्य संघर्ष नै बोहरासँग हुने गरेको थियो ।

अहिले अवस्था यस्तो आयो कि उनको क्षेत्रमा एमाले नेतृत्वले बोहरालाई काँधमा बोकेर उम्मेदवार बनाएको छ । अर्थात ओलीले कमल थापा र दिपक बोहरालाई काखी च्यापेर भुसाललाई बाहिर धकेलेका छन् ।

भुसालको बहिर्गमन र कमल थापाको प्रवेश तथा दिपक बोहरालाई काँधमा बोक्ने यो प्रवृति एमालेको दक्षिणपन्थीकरणको पराकाष्ठा हो कि थप एक कडी मात्रै ? त्यो अझै अझै पर्खेर हेर्नुपर्दछ । तर यसले एमालेको भविष्यलाई भने राम्रो संकेत गरेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved