अन्तिम समयमा बादलले पनि अश्विकार गरे टिकट

नेपालभ्युज

अन्तिम समयमा बादलले पनि अश्विकार गरे टिकट
फाइल तस्वीर।

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले अन्तिम समयमा आएर चुनाव लड्न अस्वीकार गरेका छन् । उनलाई काठमाडौं क्षेत्र नम्वर १० को टिकट दिइएको थियो ।

अध्यक्ष केपी शर्मा ओलीको आग्रह समेत अश्विकार गर्दै बादलले चुनाव नलड्ने बताएका छन् । बादललाई टिकट दिइएपछि उक्त क्षेत्रका एमाले नेता कार्यकर्ताले पनि चर्को विरोध गरेका थिए । त्यही देखेर पनि बादलले चुनाव नलड्ने घोषणा गरेका हुन् ।

बादलको अश्विकारपछि कसलाई उम्मेदवार बनाउने भनेर एमालेका नेता आन्तरिक छलफलमा जुटेका छन् । यसअघि सुरेन्द्र मानन्धर लगायतको नाम सिफारिस भए पनि अध्यक्ष ओलीले बादललाई उम्मेदवार बनाउने निर्णय गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved