रवि लामिछानेले चितवन-२ बाट चुनाव लड्ने

नेपालभ्युज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन-२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन्। चुनावको मनोनयन दर्ता गर्ने दिन आज उनले आफ्नो उम्मेदवारी फाइनल गरेका हुन्।

रवि मनोनयनका लागि आफ्नो टिमसहित चितवन पुगिसकेका छन्। काठमाडौंका २ र ३ तथा चितवनका २ र ३ लाई विचाराधीन राखेका उनले अन्तिममा चितवन २ रोजेका छन्।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट उठ्ने तयारी थियो । रविले प्रचण्डलाई चुनौति दिँदै उनकै क्षेत्रबाट लड्ने मनस्थिति बनाएका थिए। प्रचण्डले चितवन छोडेर गोरखा गएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved