५५ प्रतिशतलाई रक्तचाप समस्याबारे थाहै थिएन : डा. ओममूर्ति अनिल

नेपालभ्युज

५५ प्रतिशतलाई रक्तचाप समस्याबारे थाहै थिएन : डा. ओममूर्ति अनिल

काठमाडौं। वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले मुटुरोग नियन्त्रणगर्न जविनशैली परिवर्तन गर्न जरुरी रहेको बताएका छन् । नेशनल कार्डियाक सेन्टरमा स्वास्थ्य पत्रकारहरूसँग कुरा गर्दै उनले प्राकृतिक जीवनशैली अपनाउनसके मुटुरोगको जोखिम कम हुने बताए ।

प्राकृतिक जीवनशैली अपनाउन नसके मुटुरोगको उपचार मात्रै विकल्प भएको बताए । उनले समयमै मुटुरोगको पहिचान गरि औषधि सेवन गरेमा जोखिम कम हुने बताए । अस्पताल बनाएर मात्र रोगबाट बच्न नसकिने भन्दै रोग लाग्न नदिनु उचित भएकोमा जोड दिए ।

उनले अझै पनि समाजमा प्रेसर, सुगर र कोलेस्ट्रोलको औषधी सेवन गर्ने की नगर्ने भनेर बिरामीहरू भ्रममा रहेको भन्दै डाक्टरको सल्लाह अनुसार लिइने औषधि र निमित व्यायमले जीवन सहज बनाउने बताए ।

उनले नेपालमा २०१९ को स्टेप्स सर्वेअनुसार लगभग २५ प्रतिशतमा उच्च रक्तचाप रहेको र आफूलाई उच्च रक्तचाप भएको थाहा नपाउने ५५ प्रतिशत रहेको बताए।

त्यस्तै, ६ प्रतिशतमा मधुमेह रहेको र ७३ प्रतिशतले आफुमा मधुमेह भएको थाहा नपाएरै बसिरहेको जानकारी दिए। त्यस्तै, उच्च कोलेस्ट्रोल ११ प्रतिशतमा देखिएको छ भने लगभग ९८ प्रतिशतलाई कोलेस्ट्रोल भएको थाहा नभएको बताए। कतिपय अवस्थामा लक्षण नदेखिनु र लक्षणबारे जानकारी नभएरै बिरामी रोगको पहिचान नभएको भन्दै जनचेतना नै यसको पहिलो औषधि भएको बताए।

कार्यक्रममा मुटु विशेषज्ञ डा. अभिषेक ठाकुरले हृदयघात भएको कसरी चिन्ने, बेहोस अवस्थामा पुगेर मुटुको धडकन बन्द भएमा कसरी सीपीआर दिने ? आकस्मिक अवस्थामा प्राथमिक उपचार के कस्तो गर्ने विषयमा जानकारी दिएका थिए ।

स्वास्थ्य पत्रकार मञ्च नेपालको संयोजनमा विश्व मुटु दिवसको सन्दर्भ पारेर कार्डियाक सेन्टरले ३० जना बढी स्वास्थ्य पत्रकारहरूको नि:शुल्क मुटु जाँच गरिएको हो । मुटु परीक्षण प्याकेजमा उच्च रक्तचाप, बीएमआई, इको, इसीजी, रगत जाँचहरू सुगर, कोलेस्टेरोल, थाइरोडइलगायतका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved