भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

नेपालभ्युज

भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

काठमाडौं। भारतका चर्चित हा‍स्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ । उनका परिवारका सदस्यले उनको निधनको पुष्टि गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अचानक हार्ट अट्याक भई राजु पछिल्लो ४२ दिनदेखि नयाँदिल्लीको एम्स अस्पतालमा उपचाररत थिए ।

अगस्ट १० देखि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

एम्समा राजुको एन्जियोप्लास्टी गरिएको थियो । जसमा मुटुको ठूलो भागमा शत प्रतिशत ब्लकेज भेटिएको थियो । जसका कारण चिकित्सकहरूले उनको अवस्था गम्भीर रहेको जनाउँदै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved