काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विस्वास रहेको बताएका छन् ।
मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेमा सरकार विश्वस्त रहेको बताएका हुन् ।
‘आज अन्तिम दिन हो। प्रमाणीकरण हुन्छ भन्ने सरकारलाई विश्वास छ’, उनले भने ‘संविधानत: राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ ।’
संघीय संसद्को दुवै सदनले भदौ २० गते पारित गरेर पठाएको विधेयक १५ दिनसम्म होल्ड गर्न पाउने संवैधानिक अधिकार राष्ट्रपतिलाई छ। उक्त समयावधि मंगलबार मध्यराति पूरा हुँदैछ।
यसअघि उनले १५ बुँदे टिप्पणीसहित विधेयक फिर्ता पठाएकोमा प्रतिनिधि सभा र राष्ट्रिय सभाले पुन: विधेयक पारित गरेर पठाएका थिए।
Facebook Comment
Comment