१६ वर्षीया बलात्कृत बालिकाबाट बच्चा जन्मियो, ५१ वर्षीय पुरुष पक्राउ

नेपालभ्युज

१६ वर्षीया बलात्कृत बालिकाबाट बच्चा जन्मियो,  ५१ वर्षीय पुरुष पक्राउ

काठमाडौं । दाङमा नाबालिका बलात्कारको आरोपमा तुलसीपुर उपमहानगरपालिका-६ का ५१ वर्षीय नन्दराम  मगर  पक्राउ परेका छन् । पीडित १६ वर्षीया बालिकाले आरोपित मगरविरूद्ध सोमबार किटानी जाहेरी दिएपछि सोमबार नै उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

गत फागुनमा मगरले स्थानीय   गोठमा लगेर आफूमाथि बलात्कार गरेको पीडित बालिकाले जाहेरीमा उल्लेख गरेकी छन् ।

बलात्कारबाट   गर्भवती भएकी उनले गत भदौ २६ गते   बच्चा जन्माएको र बच्चाको हाल राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको  अस्पतालले बताएको छ ।

प्रहरीका अनुसार बलात्कारपछि मगरले बालिकाको परिवारलाई ६ हजार नगद दिएर कतै नभन्न भने पछि  डर र लोकलाजका कारण गुपचुप बस्न बाध्य भएको बालिकाको पारिवारले बताएको छ ।

नेपालमा १८ वर्षमुनिका बालिकासँग सहमतिमै भएको यौन सम्बन्धलाई  पनि  बलात्कार मानिने  कानुनी प्रावधान रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved