समानुपातिक उम्मेदवार छान्न ठुला तीन दल बैठकमा व्यस्त

निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्न आइतबार र सोमबारको समय दिएको छ ।प्रतिनिधिसभाका लागि दलहरूले समानुपातिकमा बढीमा १ सय १० र कम्तीमा ११ जना उम्मेदवारको नाम बुझाउनुपर्नेछ । 

नेपालभ्युज

समानुपातिक उम्मेदवार छान्न ठुला तीन दल बैठकमा व्यस्त

काठमाडौं । समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची तय गर्न मुख्य तीन दल बैठकमा व्यस्त छन् ।

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको संसदीय समितिको बैठक बालुवाटारमा बसिरहेको छ । सहमहामन्त्रीले मातहतका समितिबाट केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारको नाम क्लस्टर अनुसार सूचीकृत गरेर बुझाएको प्रतिवेदनमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पनि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । समानुपातिक तर्फका उम्मेदवार आजै टुंगो लगाउने गरी बैठकमा छलफल भइरहेको बताइएको छ ।

नेकपा एमालेले पनि आइतबार सचिवालय बैठक बोलाएको छ । विहान ११ बजेपछि केन्द्रीय कार्यालयमा बस्ने बैठकले समानुपातिक उम्मेदवारको नामावलीबारे छलफल गर्ने उक्त पार्टीले जनाएको छ ।

निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्न आइतबार र सोमबारको समय दिएको छ ।प्रतिनिधिसभाका लागि दलहरूले समानुपातिकमा बढीमा १ सय १० र कम्तीमा ११ जना उम्मेदवारको नाम बुझाउनुपर्नेछ ।

त्यसमा दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू र मुस्लिमको संख्यामा प्रतिशतका आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम दलहरूले आयोगमा बुझाउनुपर्छ ।

प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने प्रावधान छ ।

त्यसवाहेक प्रदेश १ मा ३७, मधेसमा ४३, बागमतीमा ४४, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा पनि २१ जना उम्मेदवार छनोट गर्नुपर्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved