मैत्रीपूर्ण खेलको टिकट मूल्य निर्धारण

नेपालभ्युज

मैत्रीपूर्ण खेलको टिकट मूल्य निर्धारण

काठमाडौं ।  नेपाल र बंगलादेश राष्ट्रिय फुटबल टोलीबीचको मैत्रीपूर्ण खेलको टिकट मूल्य निर्धारण भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मैत्रीपूर्ण खेलको टिकटको मूल्य सार्वजनिक गरेको हो ।

सामान्य प्यारापिटको मूल्य ५ सय रुपैयाँ र भिआइपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ । फिफा डे अन्तर्गत दुई राष्ट्रबीचको मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा असोज ११ गते खेलाइनेछ । एन्फाका उपाध्यक्ष विराज जंग शाहीले खेलको संयोजकको जिम्मेवारी निर्वाह गर्नेछन् ।

सो खेलको अनुमानित बजेट कुल ४८ लाख ६५ हजार रुपैयाँ रहेको छ । बङ्गलादेशको टोली असोज ७ गते नेपाल आइपुग्ने एन्फाले जनाएको छ । नेपाली टोलीलाई भने कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईँले प्रशिक्षण गराईरहेका छन् । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved