रश्मिकाले भिडिओ सेयर गरेपछि हेटौंडाकी बरिसा भारतमा समेत चर्चामा, छाइन् मिडियामा

रश्मिकाले आफ्नो ट्विटरमार्फत बालिका बरिसा क्षेत्रीसँग भेट्ने इच्छा व्यक्त गरेकी छन्। उनले लेखेकी छन्, ‘‘म यो प्यारीलाई भेट्न चाहन्छु.. म कसरी सक्छु ?’’ त्यसपछि बरिसा नेपालमा मात्र नभई भारतमा समेत चर्चामा छिन्।

नेपालभ्युज

रश्मिकाले भिडिओ सेयर गरेपछि हेटौंडाकी बरिसा भारतमा समेत चर्चामा, छाइन् मिडियामा

काठमाडौं। हेटौंडा–९ स्थित रसल एकेडेमीमा यूकेजीमा पढ्दै आएकी बरिसा क्षेत्री सोसल मिडिया प्रयोगकर्तामाझ परिचित भइसकेकी छिन्। नेपालमा मात्र नभई भारतमा समेत भाइरल भनेकी उनी कुनै सेलिब्रिटी भने होइनन्।

तर, पनि उनी अहिले भारतीय सञ्चारमाध्यममा समेत छाएकी छिन्। इन्डियन एक्सप्रेसले ‘अभिनेत्री रश्मिका मन्दना नेपालकी सानी केटीलाई भेट्न चाहन्छिन् जसको ‘सामी’ डान्स भाइरल भएको छ’ भन्दै लेखेको छ।

जी न्युजले ‘रश्मिका मन्दन्नाले ‘सामी सामी’ मा नृत्य गरिरहेकी सानी स्कूलकी केटीलाई दिइन् प्रतिक्रिया, उनलाई भेट्न चाहन्छिन्’ भन्दै समाचार सम्प्रेषण गरेको छ।

हिन्दुस्तान टाइम्सले पनि बारिसाको समाचार लेखेको छ। ‘रश्मिका मन्डन्नाले स्कुलकी छात्रालाई पुष्पाः द राइज गीत सामी सामीमा नाच्ने प्रतिक्रिया दिइन, भनिन् ‘क्यूटी’ लाई भेट्न चाहन्छु’ भन्दै समाचार प्रकाशन गरेको छ।

इन्डिया टूडेले पनि रश्मिका मन्डना र सामी सामीमा नाच्ने बरिसाको बारेमा लेखेको छ। ओडिसा टिभीले रश्मिका मन्डन्नाको सानो फ्यानले पुष्पाको सामी सामी पुन चर्चामा भन्दै समाचार लेखेको छ।

दक्षिण भारतीय चलचित्र क्षेत्रकी लोकप्रिय नायिका रश्मिका मन्दनाले आफ्नो ट्विटर एकाउन्टबाट उनले नाचेको एउटा भिडिओ क्लिप सेयर गरेपछि बरिसा क्षेत्री चर्चामा आएकी हुन्। बालिका हेटौँडा–९ सिमेन्ट रोड निवासी बरिसाले रश्मिका अभिनीत फिल्म ‘पुष्पा’को गीत ‘सामे सामे’मा नृत्य गरेकी थिइन्।

बरिसाको भिडिओ रसल एकेडेमीमा शिक्षिका रोसनी कार्कीले खिचेर टिकटकमा पोस्ट गरेकी थिइन्। टिकटकको भिडिओ भाइरल रश्मिकासम्म पुगेपछि उनले सेयर गरेकी हुन्।

रश्मिकाले आफ्नो ट्विटरमार्फत बालिका बरिसा क्षेत्रीसँग भेट्ने इच्छा व्यक्त गरेकी छन्। उनले लेखेकी छन्, ‘‘म यो प्यारीलाई भेट्न चाहन्छु.. म कसरी सक्छु ?’’

भिडिओमा उनीसँगै यूकेजीमा पढ्ने अन्य बालिकाहरूले पनि नृत्य गरिरहेका देखिन्छन्। सोही भिडिओ रश्मिकाले सेयर गरेपछि बरिसा नेपालमा मात्र नभई भारतमा समेत भाइरल बनेको छ। रश्मिकाले सुपरहिट फिल्म ‘डियर कमरेड’, ‘पुष्पा’लगायतका फिल्म छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved