महाभियोग सिफारिस समितिमा सर्वोच्चका न्यायाधीश उपस्थित नहुने

नेपालभ्युज

महाभियोग सिफारिस समितिमा सर्वोच्चका न्यायाधीश उपस्थित नहुने

काठमाडाैं ।  सर्वोच्च अदालतका बहालवाला न्यायाधीशहरु महाअभियोग सिफारिस समितिमा उपस्थित नहुने भएका छन् ।

महाभियोग सिफारिस सिमितसँगकाे बयानमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नाम मुछेका न्यायाधीशलाई समितिले बोलाएपछि अदालतको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । छलफलका लागि कामु प्रधानन्यायाधीश दिपककुमार कार्कीले बुधबार फुलकोर्ट वैठक बोलाएका थिए ।

महाभियोगसम्बन्धी कारबाही प्रक्रियाका सन्दर्भमा यस अदालतका न्यायाधीशले उपरोक्त लेखी आएअनुसार महाभियोग सिफारिस समितिमा उपस्थित हुनु र निजसँग सोधपुछ, सवाल-जवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्तिपृथकीकरणको सिद्धान्त र नेपालको संविधानले अङ्गिकार गरेका मान्यताहरू समेतका कुनै पनि दृष्टिले संविधानसम्मत, उचित र शोभनीय नहुने हुँदा प्राप्त हुन आएको पत्रानुसार कोही पनि न्यायाधीश उपस्थित हुन नमिल्ने भएकोले सोही व्यहोराको जानकारी महाभियोग सिफारिस समितिमा तत्काल लेखी पठाई दिने ’ फुलकोर्टको निर्णयमा भनिएको छ।

राणाले कामु प्रधानन्यायाधीश दिपककुमार कार्की, हरिकृष्ण कार्की, प्रकाशकुमार राउत लगायतको नाम लिदै समितिमा बयान दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved