राष्ट्रपति भण्डारी र कमल थापाबीच भेटवार्ता

नेपालभ्युज

राष्ट्रपति भण्डारी र कमल थापाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटघाट भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा भएको भेटघाटका क्रममा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

पछिल्लो समय विवादमा रहेको नागरिकता विधेयकको विषयमा थापाले राष्ट्रपतिको समर्थन गरेका छन् । आजको भेटमा पनि थापाले सोही अनुसार धारणा राखेको बताइएको छ ।

नागरिकता विधेयकबारे थापाले सामाजिक संजालमार्फत आपत्ति प्रकट गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved