सन्दीप लामिछानेमाथिको बलात्कार जाहेरीबारे सुक्ष्म अनुसन्धान चल्दैछ : प्रहरी

प्रहरीले बलात्कार भएको भनिएको होटलको सीसीटीभी फुटेज र कर्मचारीसँग बयान सुरु भइसकेको जनाएको छ । यस्तै ५ गते दिउँसो सन्दीप र युवती घुम्न गएका स्थानको बारेमा पनि अध्ययन गरिरहेको छ ।

नेपालभ्युज

सन्दीप लामिछानेमाथिको बलात्कार जाहेरीबारे सुक्ष्म अनुसन्धान चल्दैछ : प्रहरी

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कारको जाहेरीबारे सुक्ष्म अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । १७ वर्षकी एक किशोरीलाई लामिछानेले यहिँ भदौको ५ गते गौशलाको एक होटलमा बलात्कार गरेको भन्दै उनका दाजुले मङ्गलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएका छन् ।

प्रहरीले बलात्कार भएको भनिएको होटलको सीसीटीभी फुटेज र कर्मचारीसँग बयान सुरु भइसकेको जनाएको छ । यस्तै ५ गते दिउँसो सन्दीप र युवती घुम्न गएका स्थानको बारेमा पनि अध्ययन गरिरहेको छ ।

प्रहरीले भनेको छ, “प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट ब्यवस्थापन केन्द्रमा लगी बिस्तृत स्वास्थ्य परीक्षण गराइएको । अनुसन्धानका बिविध बिधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी बृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भईरहेको ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved