भारतीय सेनाध्यक्षले नेपाली सेनालाई दिए ४ वटा घोडा उपहार

नेपालभ्युज

भारतीय सेनाध्यक्षले नेपाली सेनालाई दिए ४ वटा घोडा उपहार

काठमाडौं। नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष मनोज पांडेले नेपाली सेनालाई  झण्डै २२ करोड मूल्य बराबरको सामग्री हस्तान्तरण गरेका छन् । १० वटा माइन प्रोटेक्टिभ भेहिकल (बख्तरबन्द गाडी) सहित करिब २२ करोड मूल्य बराबरको सामग्रीको स्याम्पल सेनाध्यक्ष पाण्डेले प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेको सैनिक प्रवक्ता नारायण सिलवालले बताए ।

भारतीय सेनाले नेपाली सेनालाई ४ वटा घोडा पनि दिएको छ । दुई देशका बाइल्याटरल कन्सल्टिङ ग्रुपमा छलफल भएपछि तय भएअनुसार भारतीय सेनाले मेडिकल सामग्री र इन्डियन हतियारको स्पेयर पार्टस नेपाली सेनालाई हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भारतीय सेनाध्यक्षले हस्तान्तरण गरेको सामग्री ६० प्रतिशत अनुदानमा प्राप्त भएको हो । ४० प्रतिशत रकम नेपाल सरकारले भारत सरकारलाई दिनुपर्छ । सम्झौताअनुसार सामग्री पछि आउने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved