आयल निगमको बदमासी : तीनपटक मूल्य घटेर आउँदा नघटाउने, एकपटक बढेर आउने वित्तिकै बढाइहाल्ने

भारतबाट किनेर ल्याएको मूल्यमा थप गरेर उपभोक्तालाई बेच्दा पनि घाटा भयो भनेर हिसाब देखाउने निगमले पछिल्लो समय त झनै बदमासी गर्दै आएको छ ।

नेपालभ्युज

आयल निगमको बदमासी : तीनपटक मूल्य घटेर आउँदा नघटाउने, एकपटक बढेर आउने वित्तिकै बढाइहाल्ने

काठमाडौं। नेपाल आयल निगमको बदमासी र उपभोक्तालाई मारमा पार्ने प्रवृत्ति एकपटक पुन उजागर भएको छ । भारतबाट किनेर ल्याएको मूल्यमा थप गरेर उपभोक्तालाई बेच्दा पनि घाटा भयो भनेर हिसाब देखाउने निगमले पछिल्लो समय त झनै बदमासी गर्दै आएको छ । भारतबाट मूल्य घटेर आउँदा नेपालमा मूल्य घटाउन निगमले निकै आनाकानी गर्छ । तर थोरै मूल्य बढेर आउने वित्तिकै नेपालमा पनि निगमले उपभोक्ताको ढाड सेकिनेगरी भाउ बढाइहाल्छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा प्रतिलिटर पेट्रोलमा ३४ रुपैयाँ ५ पैसा र डिजेलमा ३३ रुपैयाँ ८५ पैसा घटाएर पठाएको थियो । तीन पटकसम्म भाउ घटेर आउँदा निगम चुपचाप बस्यो । घटाउने सुरसारै गरेन । उपभोक्तालाई निगमले एक हिसाबले ठगेको नै उपभोक्ता अधिकारवादी बताउँछन् । तर विहीबार भने दिउँसो भारतबाट बढेर आएको केहि घण्टा नबित्दै निगमले भाउ बढाइहाल्यो ।

‘भदौ १६ गते प्राप्त मूल्यअनुसार पेट्रोलमा १ रुपैयाँ १९ पैसा, डिजेलमा ६ रुपैयाँ १२ पैसा, हवाई इन्धनमा ८ रुपैयाँ १ पैसा बढेर आएको छ । मट्टीतेल र ग्यासको मूल्यमा केही घटेर आए पनि ग्यासमा अझै प्रतिसिलिन्डर ३ सय ७८ रुपैयाँ ७ पैसा घाटा छ,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिलिटर डिजेलमा ११ रुपैयाँ १८ पैसा घाटा र पेट्रोलमा २ रुपैयाँ ८२ पैसा नाफा छ । समग्र्रमा निगमलाई १५ दिनमा ४८ करोड २४ लाख घाटा हुने स्थिति छ ।’

अब डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ । मूल्य वृद्धिपश्चात् निगमको पाक्षिक नोक्सानी ३० करोड ५२ लाख छ ।

आईओसीलाई तिर्नुपर्ने बक्यौता, वाणिज्य बैंक र सरकारलाई ऋण तिर्नुपर्ने बाध्यताले दबाब रहेको निगमले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved