कूटनीतिक सम्बन्धको ५० औं वार्षिकोत्सव

बंगलादेशी दूतावासले १० दिने कला प्रदर्शनी गर्दै

नेपालभ्युज

बंगलादेशी दूतावासले १० दिने कला प्रदर्शनी गर्दै

काठमाडौं । नेपालसँगको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा बंगलादेश दूतावासले ‘स्पिरिट अफ फ्रेन्डसिप’ नामक कलाकृति प्रदर्शनी गर्ने भएको छ । 

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालेरीसँगको सहकार्यमा भोलि शुक्रबारदेखि १० दिनसम्म प्रदर्शनी आयोजना गरिएको नेपालस्थित बंगलादेशी दूतावासले जनाएको छ । 

प्रदर्शनीको उद्घाटन शुक्रबार बेलुका नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले  सिद्धार्थ आर्ट ग्यालरीमा गर्नेछन् ।

उद्घाटनमा बंगलादेशका प्रसिद्ध कलाकारहरुको पनि सहभागिता रहने दूतावासले जनाएको छ । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved