म्यानचेस्टर युनाइटेडमा सान्तोसको आगमन

नेपालभ्युज

म्यानचेस्टर युनाइटेडमा सान्तोसको आगमन

एजेन्सी। ब्राजिली विङ्गर एन्टोनी सान्तोस म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन् । ट्रान्सफर मार्केटको अन्तिम घडीमा आयक्समा रहेका एन्टोनीलाई युनाइटेडले ९५ मिलियन युरोमा टोलीमा जोड्न सफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको हो । यो सम्झौतालाई इङ्लिस प्रिमियर लिग इतिहासमा चौथो महँगो सम्झौता बनेको छ ।

युनाइटेडले २२ वर्षीय एन्टोनीलाई सन् २०२७ सम्मको लागि आबद्ध गरेको हो । थप एक वर्ष सम्झौतालाई लम्ब्याउन सक्ने प्रावधान पनि रहेको छ । ‘विश्वको नै प्रतिष्ठित क्लबसँग जोडिनु पाउनु मेरो खेल जीवनको नै अविश्वस्नीय क्षण हो ।,’एन्टोनीले खुसी व्यक्त गरे ।
यसअघि प्रशिक्षक एरिक टेन ह्यागको नै प्रशिक्षणमा आयक्समा रहेका एन्टोनीले यूनाइटेडमा सोहि अनुरूपको सफल योगदान गर्न सक्ने उनले विश्वास व्यक्त गरेका छन् ।

आयाक्सको लागि एन्टोनीले ८२ खेलमा २२ असिस्ट र २४ गोल गरेका थिए । च्याम्पियन्स लिगमा आयाक्सको लागि ११ खेलमा प्रतिनिधित्व गरेका एन्टोनीले ७ गोल गर्न सफल भएका थिए ।

एन्टोनीले सन् २०२१ अक्टोबरमा ब्राजिलको लागि डेब्यु गरेका थिए । ब्राजिलको लागि ९ खेल खेलेका एन्टोनीले २ गोल गर्न सफल भएका थिए ।
प्रिमियर लिगमा आफ्नो वर्चश्व कायम गर्न सङ्घर्षरत युनाइटेडको लागि एन्टोनी सही लगानी हुन सक्ने अनुमान गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved