प्रशिक्षकका कारण एन्फालाई ७ हजार डलर जरिवाना

अनुशासन उल्लंघन गरेकोमा एएफसीले गर्‍यो कारबाही

नेपालभ्युज

प्रशिक्षकका कारण एन्फालाई ७ हजार डलर जरिवाना

काठमाडौं । एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फालाई आचारसंहिता उल्लंघन गरेको भन्दै ७ हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

कुवेतमा भएको एएफसी एसियन कप छनोटमा नेपालले आचारसंहिता उलंघन गरेको एएफसीको ठहर छ ।  विशेष गरी मुख्य प्रशिक्षकका कारण नेपालले कारबाही भोग्नु परेको हो ।

एएफसीको अनुशासन कमिटिले एसियन कप छनोट अन्तर्गत जुन १४ मा  इन्डोनेसियाविरुद्धको खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेल अघि ड्रेसिङ रुपमा प्रवेश गरेको तथा खेलपछि एक्रिडिटेशन कार्ड लिएर मैदान प्रवेश गरेका कारण ६ हजार डलर जरिवाना गरिएको जनाएको छ ।

कुवेत र जोर्डनविरुद्धको खेलमा पहेलो कार्ड पाएको कारण इन्डोनेसियाविरुद्धको खेलमा अलमुताइरी निलम्बनमा थिए । त्यस्तै इन्डोनेसियाविरुद्धको खेलको पहिलो हाफ सुरु हुन ढिलाइ गरेका कारण एन्फालाई थप १ हजार अमेरिकी डलर जरिवाना गरिएको एएफसीले जनाएको छ ।

एएफसीले जरिवानाको २५ प्रतिशत रकम ९० दिनभित्र तिर्नुपर्ने र बाँकी रकम दुई वर्षभित्र तिर्न सकिने जनाएको छ । एएफसीले यस्ता घटना दोहोर्‍याए कडा सजाय दिने चेतावनी पनि दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved