सानीभेरी गाउँपालिकाको देउता खोलामा बाढीपहिरो, एक व्यक्ति बेपत्ता

सानीभेरी गाउँपालिकाको देउता खोलामा बाढीपहिरो, एक व्यक्ति बेपत्ता
फाइल फोटो
सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा पर्ने देउता खोलामा बाढी पहिरो पसेको छ । भारी वर्षाको कारण खोलामा बाढी पहिरो पसेको हो ।
खोलामा क्षमताभन्दा बढी पानीको बहाब बढ्दा खोला किनारामा रहेको घर, खेतसँगै मानवीय क्षतिसमेत भएको सानीभेरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जगदीश ढकालले जानकारी दिए ।
खोलाछेउमा हिँड्दै गरेको अवस्थामा सानीभेरी गाउँपालिका वडा नम्बर ३ का करिब ७० वर्षका दलवीर पुन बेपत्ता भएका छन् । भने खोलाको नजिकै भएको काशीराम पुनको घर खेतलगायत खोलाछेउमा पर्ने सम्पूर्ण खेत धानबाली नष्ट भएको बताइएको  छ ।
देउता खोला सानीभेरी गा‍.पा को ५ र ६ हुँदै सानीभेरी नदिमा मिसिन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved