नेकपा (एकीकृत समाजवादी) तनहुँद्वारा उम्मेदवार सिफारिस

नेकपा (एकीकृत समाजवादी) तनहुँद्वारा उम्मेदवार सिफारिस

दमाैली । नेकपा (एकीकृत समाजवादी) तनहुँले मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । एकीकृत समाजवादी प्रतिनिधिसभा क्षेत्र कमिटीले दुई सङ्घ र चार प्रदेशसभाका लागि आज उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभा क्षेत्र कमिटीले सिफारिस गरेको उम्मेदवार जिल्ला कमिटीमा पठाइएको छ ।

तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभाका लागि प्रतापलाल श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, कलिला खान, सीताराम घले परियार र विष्णुबहादुर खड्का सिफारिस  भएका छन् । प्रदेश (क) तर्फ विद्या ढकाल, रामकला पौडेल, लालकुमार श्रेष्ठ र कल्पना नेपाली सिफारिस भएका छन् । प्रदेश (ख) तर्फ मनुमाया श्रेष्ठ, गजेन्द्र पन्थ, श्रीप्रसाद भट्टराई र तेजबहादुर सुनार सिफारिस भएका छन् ।

तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधिसभाका लागि चित्र थापा, शङ्कर पोखरेल, दुर्गा नेपाली, सानुमाया महत सिफारिस भएका छन् । प्रदेश (क) तर्फ रेखा थापा बस्याल, दुर्गाकुमार श्रेष्ठ, थमन आले, कमल गैरे सिफारिस भएका छन् । प्रदेश (ख) तर्फ काजीमान श्रेष्ठ, भक्त रसाइली, मधुमाया ढकाल, सूर्यप्रसाद तिमिल्सिना, पूर्णबहादुर थापा र भूपाल थापा सिफारिस भएका छन् ।

क्षेत्रीय कमिटीबाट सिफारिस भई आएका उम्मेदवारमध्ये जिल्ला कमिटीले एक महिलासहित तीनको नामावली पार्टीको केन्द्रीय कमिटीलाई सिफारिस गर्ने पार्टी सचिव श्रीराम कार्कीले जानकारी दिए । उनका अनुसार जिल्ला कमिटीको बैठक भदौ १२ गते बस्दैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved