अमेरिकी प्रथम महिला बाइडेन कोरोना संक्रमित

नेपालभ्युज

अमेरिकी प्रथम महिला बाइडेन कोरोना संक्रमित

वासिङ्टन । अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

उनकी सञ्चार उप निर्देशक केल्सी डोनोहुएले जारी गरेको वक्तव्यमा बाइडेनलाई बुधबार सङ्क्रमणको पुष्टि भएको उल्लेख गरिएको छ ।

नियमित परीक्षणका क्रममा गत मंगलबार भने उनलाई सङ्क्रमण देखिएको थिएन । उनले अहिले आफू संक्रमित भएको पुष्टि भएपछि पछिल्लो समय आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन र कोरोना परीक्षण गर्न आग्रह गरेकी छन् ।

यसअघि राष्ट्रपति जो बाइडेनलाई पनि अघिल्लो बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि उनले घरमै छुट्टै बस्ने र मस्क लगाउने गर्दै आएको उनको सचिवालयले जनाएको छ । उनि दश दिनसम्म छुट्टै बस्ने भएकी छन् ।

उनले पनि आफ्नो सम्पर्कमा आएकालाई तत्काल परीक्षण गर्ने थप फैलिन नदिन सबैलाई अनुरोध गरेकी छन् ।

प्रथम महिला बाइडेनलाई गत आइतबार सङ्क्रमण नदेखिएपछि उनि दक्षिण क्यारोलिनाबाट राष्ट्रपति बाइडेनसँगै डेलावेर गएकी थिईन् । प्रथम महिला बाइडेनलाई सङ्क्रमण पुष्टि भएपनि कुनै स्वास्थ्य समस्या भने नरहेको जनाइएको छ ।एएनआई

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved