साफ महिला च्याम्पियनसिप भदौ २१ गतेदेखि सुरु, १२ दिनअघि नै आयो भुटानी टोली

नेपालभ्युज

साफ महिला च्याम्पियनसिप भदौ २१ गतेदेखि सुरु, १२ दिनअघि नै आयो भुटानी टोली

काठमाडौं । साफ महिला च्याम्पियनसिप खेल्न भुटानको राष्ट्रिय महिला टिम १२ दिनअघि नै नेपाल आएको छ ।

बिहीबार बिहान एन्फा सदस्य मनीष जोशीलगायतले भुटानी टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । साफ महिला च्याम्पियनसिपको छैटौं संस्करण भदौ २१ गतेदेखि दशरथ रंगशालामा सुरु हुँदै छ ।

नेपालको वातावरणसँग अनुकूल हुनका लागि भुटान झण्डै दुई साताअघि नेपाल आएको हो । साफमा नेपाल र भुटान एउटै समूहमा छन् । नेपालले २१ गते भुटानसँगै उद्घाटन खेल खेल्नेछ ।

 

 

साफ महिला फुटबल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved