अवैध संरचना हटाउन थालेपछि साम्पाङको व्यङ्ग्य- काठमाडौंको फोहोर उठाइसके ?

नेपालभ्युज

अवैध संरचना हटाउन थालेपछि साम्पाङको व्यङ्ग्य- काठमाडौंको फोहोर उठाइसके ?

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको फोहोर उठिसक्यो भनी प्रश्न गरेका छन् ।

काठमाडौंका मेयर बालेन्द्र शाहले बुधबार उपत्यकाका अवैध संरचना हटाउन थालेपछि साम्पाङले व्यङ्ग्यात्मक रुपमा यस्तो प्रश्न गरेका हुन् । मेयर  शाहकाविरुद्ध खरो आलोचनामा उत्रिएका साम्पाङले सामाजिक संजालमा प्रश्न गर्दै भने, ‘काठमाडौंको फोहोर उठाइसके ?

काठमाडौं महानगरले  सुन्धारास्थित काठमाडौँ मलको अनधिकृत रुपमा बनाइएको संरचनामा र न्यूरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना आज डोजर लगाएर भत्काइएको छ । यस्तै आज नै दरबार मार्गमा केही त्यस्ता संरचना भत्काइने कामपाले जनाएको छ।


Comment

One thought on “अवैध संरचना हटाउन थालेपछि साम्पाङको व्यङ्ग्य- काठमाडौंको फोहोर उठाइसके ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved