एसिया कप छनोट फुटबलका लागि २५ सदस्यीय प्रारम्भिक टोली घोषणा

नेपालभ्युज

एसिया कप छनोट फुटबलका लागि २५ सदस्यीय प्रारम्भिक टोली घोषणा

काठमाडौं । बहराइनमा हुने यू–२० एसियन कप छनोट फुटबलका लागि २५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको प्रशिक्षणका आधारमा मुख्य प्रशिक्षक मेघराज केसीले टोली चयन गरेका हुन् । आगामी सेप्टेम्बर १० देखि १८ सम्म हुने छनोटमा कतार, बहराइन, बंगलादेश र भुटानसँग नेपालले प्रतिस्पर्धा गर्नेछ ।

नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ । यस्तै तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ ।

नेपाली टोली

गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारत शेख, टोपबहादुर राना

डिफेन्डर : अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, अभिषेक वाइबा, जान ताम्ली, शेखर खवास, श्यान्सु भुसाल, राज ठोकर

मिडफिल्डर : दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मेजय धामी, कृतिश रत्न छञ्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान, राकेश विश्वकर्मा, सञ्जीव लामा

फरवार्ड : निरञ्जन मल्ल, रोहन खड्गी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved