‘लाइगर’लाई राति मात्र प्रदर्शन गर्न अध्यक्ष भुवनको निर्देशन

नेपालभ्युज

‘लाइगर’लाई राति मात्र प्रदर्शन गर्न अध्यक्ष भुवनको निर्देशन

काठमाडौं । भारतीय फिल्म ‘लाइगर’ बिहीबार राति मात्र नेपाली हलमा रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार बिहान प्रदर्शन गर्दा चलिरहेका नेपाली फिल्मलाई व्यावसायिक असर पर्ने भन्दै वितरक र हल सञ्चालकलाई यस्तो निर्देशन दिएका हुन् । उनले नेपाली फिल्मलाई मर्का पर्न सक्नेतर्फ पनि गम्भीर बन्न हल सञ्चालकलाई आग्रह गरेका थिए ।

भुवनको निर्देशनपछि सबै मल्टिप्लेक्सले राति ८ बजेपछिको शो मात्र सार्वजनिक गरेका छन् । नेपालको ठूलोमध्येको एक मल्टिप्लेक्स आईएनआईका सुरेन्द्र थापाका अनुसार बोर्डले सुरुमा बिहीबार लगाउन निर्देशन दिएको र पछि फेरि राति चलाउन भनेको जानकारी दिए ।

विदेशी फिल्मलाई बिहीबार र नेपाली फिल्मलाई शुक्रबार रिलिज गर्ने प्रवृत्तिलाई तोड्न अध्यक्ष केसीमाथि दबाब दिइएको थियो । निर्माता संघको आगामी चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरिरहेका नवल खड्का नेतृत्वको डेलिगेसन टोली बिहीबारको प्रदर्शन रोक्न दबाब दिन बुधबार बोर्डमा पुगेको थियो ।

यसैबीच, शुक्रबारका लागि मुलुकको प्रमुख मल्टिप्लेक्स चेन क्यूएफएक्समा ‘लाइगर’लाई ६४ शो, नेपाली फिल्म प्रकाशलाई १३ र राधालाई १४ शो दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved