सिट बाँडफाँट टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट कार्यदलमा सहमति हुन नसकेपछि शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।

नेपालभ्युज

सिट बाँडफाँट टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै
फाइल तश्वीर

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज मङ्गलबार बस्दैछ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट कार्यदलमा सहमति हुन नसकेपछि शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । सिट बाँडफाँटका लागि कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको संयोजकत्वमा गठित कार्यदलले मापदण्डमा छलफल गरे पनि ठोस प्रस्ताव तयार पार्न सकेको छैन ।

आजको बैठकले सिट बाँडफाँटको मूख्य आधार टुंगो लगाउने सम्भावना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved