एमालेको स्थायी कमिटीको बैठक बस्दै

बैठकमा निर्वाचन केन्द्रीत योजना बनाउने विषयमा छलफल हुने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले नेपाल भ्युजलाई जानकारी दिए ।

नेपालभ्युज

एमालेको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं।  नेकपा (एमाले) को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा सुरु हुनेछ । बैठकमा निर्वाचन केन्द्रीत योजना बनाउने विषयमा छलफल हुने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले नेपाल भ्युजलाई जानकारी दिए ।

आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश तहको निर्वाचनको ठोस योजना बनाउनका लागि पार्टीले यही भदौ १२ गतेसम्म स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी बैठक र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो ।

रिजालकाअनुसार भदौ ९ गते पोलिटब्युरो बैठक, भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरिएको छ ।

एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved