माओवादी र नेकपा एसले पार्टी एकताका लागि संयोजन समिति बनाउने

एउटै चुनावी घोषणापत्र लिएर जान दुवै दल सहमत

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ। प्रचण्डको एक नातेदारको हात्तिवनस्थित घरमा भएको भेटमा यस्तो सहमति भएको नेताहरूले बताए।

नेपालभ्युज

माओवादी र नेकपा एसले पार्टी एकताका लागि संयोजन समिति बनाउने
फाइल फोटो

काठमाडौं। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ। प्रचण्डको एक नातेदारको हात्तिवनस्थित घरमा भएको भेटमा यस्तो सहमति भएको नेताहरूले बताए।

बैठकमा आगामी प्रदेश र प्रतिनिधि निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान समेत दुवै दल सहमत भएका छन्।

यसअघि २०७४ मा वाम गठबन्धन गर्दा एमाले र माओवादी केन्द्रले पनि एउटै चुनावी घोषणा पत्र बनाएका थिए। पछि पार्टी एकता भए पनि फुटेको थियो। एमालेबाट फेरि फुटेको नेपाल समूह र माओवादीबीच पुन पार्टी एकताको चर्चा चलेको हो।

प्रचण्ड र नेपालबीच आउँदो चुनावी रणनीति, सिट बाँडफाँट, कांग्रेससँगको तालमेल, अरू दलसँगको गठबन्धनलगायत विषयमा कुराकानी भएको थियो। भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाललगायत सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved