राष्ट्रपतिबाट दुईवटा विधेयक प्रमाणीकरण

नेपालभ्युज

राष्ट्रपतिबाट दुईवटा विधेयक प्रमाणीकरण
फाइल तस्वीर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

यी दुवै विधेयक संसदका दुवै सदनबाट पारित भएर केही दिनअघि प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शितल निवास पठाइएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved