नागरिकता विधेयक : प्रतिनिधि सभामा मत विभाजन प्रक्रिया सुरु

नेपालभ्युज

नागरिकता विधेयक :  प्रतिनिधि सभामा  मत विभाजन प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले हुन्छ, हुन्न र मत दिन्न भन्ने पक्षमा मतदान गर्ने प्रक्रिया प्रारम्भ भएको घोषणा गरी उक्त प्रक्रिया प्रारम्भ भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद विशाल भट्टराईले  मत विभाजनबाट मात्र नागरिकता विधेयक सम्बन्धी निर्णय गर्नुपर्ने माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका हुन् ।

सांसदहरुले यो विधेयक पारित गर्दा पक्ष वा विपक्षमा मत दिएपछि मात्रै बहुमतको आधारमा यो पारित हुने भएको छ । यस प्रक्रियामा सांसदहरु  तटस्थ रहन पनि पाउने छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved