संसद्मा बहुमत जुट्दैमा नागरिकता विधेयक पास गर्न हुँदैन : नेता खनाल

नेपालभ्युज

संसद्मा बहुमत जुट्दैमा नागरिकता विधेयक पास गर्न हुँदैन : नेता खनाल
फाइल तस्वीर

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का  नेता  झलनाथ खनालले नागरिकता विधेयकमा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्ने बताएका  छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले

इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै संसद्मा बहुमत जुट्दैमा नागरिकता विधेयक पास गर्न नहुने बताएका हुन् । यो राष्ट्रिय मुद्दा भएकाले सबै दलको साझा धारणा हुनुपर्ने उनको भनाइ छ ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रमाणीकरण नगरेको  विषयमा अध्ययन नभएकोले अध्ययन गरेर मात्र आफ्नो धारणा बनाउने बताए । उनले भने, ‘नागरिकताको सवाल भनेको नेपालको राष्ट्रिय सहमतिको सवाल हो यसलाई सामान्यरूपमा लिन हुँदैन ।’

राष्ट्रिय सहमतिबिना विभिन्न ढङ्गबाट विधेयक पास गराउने काम नगर्न राजनीतिक दलहरूलाई सुझाव दिएका उनले जनसाङ्ख्यिक अतिक्रमणबाट  जोगिनुपर्ने बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved